अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा ४० दिनयताकै कम संक्रमित, मृतकको संख्या पनि घट्यो

भारतमा ४० दिनयताकै कम संक्रमित, मृतकको संख्या पनि घट्यो


नयाँदिल्ली- भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या घटेको छ । गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

भारतमा २ लाखभन्दा कम व्यक्तिमा कोरोना सक्रमण भेटिएको ४० दिनयता हिजो पहिलो पटक हो ।

कोरोना सुरू भएयता हालसम्म यहाँ २ करोड ६९ लाख २४ हजार ८७४ जनामा कोरोना पुष्टि भइसकेको छ । भारतमा अझै पनि २५ लाख ८६ हजार ७८२ जनामा सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोना महामारीबाट विगत २४ घण्टामा थप तीन हजार ७४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोमबार केही दिनयताको तुलनामा मृतकको संख्यामा पनि कमी आएको बताइएको छ । भारतमा बढी घातक मानिएको कोभिड-१९ को दोस्रो लहर सुरू भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ ।

भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । कोभिड-१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ ।

विज्ञहरूको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड ८५ लाख ३८ हजार९९९ डोज खोप लगाइएको छ ।