अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आक्रामक बजार योजनामा माछापुच्छ्रे बैंक, अफरै अफर घोषणा

आक्रामक बजार योजनामा माछापुच्छ्रे बैंक, अफरै अफर घोषणा


काठमाडौं– आफूलाई थप सुधार गर्दै पछिल्लो समय माछापुच्छ्रे बैंकले उच्च स्तरीय डिजिटल सेवा प्रदान गर्नतर्फ होमिएको देखिन्छ । रुपान्तरीत सेवामा बैंकले आफुलाई कही कतै कमी राखेको देखिँदैन । बैंकले ग्राहकका साना भन्दा साना ‘प्राक्टिकल’ समस्याहरुलाई ध्यानमा राखी समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको देखिन्छ । यती मात्र नभई वर्तमान अवस्थामा माछापुच्छ्रे बैंकले आफुलाई स्मार्ट बैंकको रुपमा पनि परिचित गराइरहेको छ ।

लामो समयको लकडाउन र तिब्र गतिमा फैलिएको कोभिडका कारण मुलुक नै डिजिटल प्रणालिमा जानुपर्ने बाध्यता खडा भएको सबैले महसुस गरिएको छ । खाता खोल्ने, ऋण लिने, भुक्तानी गर्ने, पैसा पठाउने जस्ता आधारभूत बैंकिङ्ग सेवाहरू अहिले घरघरमै डिजिटल माध्यमबाट उपलब्ध छन । अहिलेको पुस्ता प्रविधिसँग अभ्यस्त हुन थालेकाले बैंकहरूले पनि प्रविधिमा आधारित ‘प्रोडक्टहरु’ थपिरहेका छन। उनीहरुकै माग बमोजिम विविध नयाँ प्रोडक्टहरु आफुहरुलै पनि ल्याएको बैंकमा डिजिटल बैंकिङ प्रमुखको रुपमा कार्यरत सुनील खतिवडा बताउँछन । उनी भन्छन, ‘डिजिटल प्रणालीमा हामीले ल्याएका अफरहरु देखेर यतीबेला आम ग्राहकहरु छक्क पर्नुभएको छ । स्थास्थ्य उपचार खर्चमा क्रण, विद्यार्थीहरुले लिने क्रेडिट कार्डदेखि ग्राहकहरु लक्षिण विभिन्न छुटसम्मका अफरहरु हामीले प्रदान गरिरहेका छौँ । त्यसैले त हामी अहिले अगाडी बढेका छौँँ ।

माछापुच्छ्रे बैंकका केही नयाँ अफरहरु
स्थापनाको २१ वर्षमा आईपुग्दासम्म बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा बढि शाखाहरु सञ्चालनमा ल्याएको छ । अन्य शाखा रहित बैकिङ्ग कारोबार, एक्सटेन्सन काउन्टरहरु पनि सञ्चालित रहेको खतिवडा बताउँछन । यती धेरै हिमालदेखि पहाड हुँदै तराईसम्मका बासीन्दालाई कोभिडको संकटलाई व्यवस्थापन गर्ने हिसावले बैंकले ‘एमबीएल केयर क्रेडिट’ को सुबिधा संञ्चालनमा ल्याएको छ । यसले आम ग्राहकलाई पैसा नभएको संकटको बेलामा ठुलो सहयोग पुगेको खतिवडाको जिकिर छ ।

एमबीएल केयर क्रेडिटः स्वास्थ्य उपचारका लागि १० लाख ऋण
यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुनील खतिवडाले बताए । उनले भने, ‘उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाखसम्मको रकम प्रदान गर्नेछ। बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नेछन्। हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकले अनलाइन आवेदन दिन सक्नेछन् । मासिक आम्दानी हुनेले यस्तो खालको कर्जा सहजै उपलब्ध गराइने र धेरै झनझट पनि बेहोर्न नपर्ने खतीवडाले बताए ।

माछापुच्छ्रेको रेमिट एप वालेट अफरः युरोकपको प्रिडिक्ट गर्दा ५० हजारसम्म जित्ने मौका
माछापुच्छ्रे बैंकले बैकिङ्ग क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याएको डिजिटल वालेट रेमिट एपको प्रयोग गर्दा विभिन्न अफरहरु पाउन सकिन्छ । हालसालै सूरु भएको युरोकपलाई मध्यनजर गर्दै उक्त एपमा कुन टिमले जित्ला भनी प्रिडिक्ट गर्दा ग्राहकहरुले ५० हजार रुपैँयासम्म जित्न सक्ने बताइएको छ । सुनिल खतिवडाले उक्त रेमिटट्याप एपको प्रयोगबाट ग्राहकले युरोकपमा ‘प्रिडिक्ट एण्ड विन’ मार्फत ग्राहकले दैनिक १००० रुपैँयासम्म जित्ने बताए । उक्त रेमिट एपमा रिर्चाज कोर्दा क्यासब्याक अफर पनि छ । उनका अनुसार रेमिट एपको प्रयोग गरी विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिनेछ ।

बैंकिङ क्षेत्रमा नयाँ नयाँ खोजर अनुसन्धान गर्दै नयाँ सेवा सुविधा भित्र्याउने क्रममा रेमिट एप सार्वजनिक गरिएको र सो एपको मद्दतले डिजिटल कारोबारलाई थप सार्थकता प्रदान गर्ने उनले बताए । यस्तै रेमिट एपबाट पठाइएका रेमिट्यान्स देश भरी रहेका ७ हजारभन्दा बढी रेमिट एजेन्टबाट ग्राहकले तुरुन्तै नगद भुक्तानी लिन सक्ने बैंकले जनाएको छ। भर्चुअल कार्डको प्रयोग गरी भुक्तनी गर्ने, रेमिट पठाउनको साथै साथीलाई रेमिकार्ड गिफ्टसमेत पठाउन सक्ने नयाँ फिचरहरु सो एपमा रहेका छन । यसमा भएको टेक्नोलोजीका कारण र नेपाली भाषामा समेत एपको प्रयोग गर्न ग्राहकलाई अत्यन्तै सहज सरल र सुरक्षित रहेको बैंक खतिवडाले बताए । ग्राहकले बैंकको रेमिट्याप एप एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्ने सक्नेछन।

चुनौतीका बाबजुत पनि डिजिटल रुपातरणमा खटेका छौँः खतिवडा
कोभिड सुरु भएपछि बैंकका सिमित शाखाहरु मात्रै खोलिए । घरबाटै डिजिटल बैंकिङ कारोबार पनि सबै ग्राहकहरुलाई सम्भव भएन । त्यसैले माछापुच्छ्रे बैंकले डिजिटल प्रणलीमा आउने सम्पूर्ण समस्याहरुको हल गर्नका लागि हामीले छुट्टै ‘टाक्स फोर्स’ बनाएको छौँ । हाम्रो बैंकको वेवसाईटमा हामीले सो टिमको फोन नम्बर राखेका छौँ । केही समस्या परे आम ग्राहकहरुलाई सोही टिमको नम्बरमा फोन गर्न म आग्रह गर्दछु । डिजिटल सेवाको दौडमा विभिन्न चुनौती पनि छन । डिजिटल बैंकको पूर्वाधार तयारीमा कति खर्च गर्ने भन्ने सीमितता छैन। ग्रामीण भेगमा यसको सेवा विस्तार गर्न कठिन छ । स्मार्ट फोन हातमा भएर पनि ग्राहकहरु त्यती विश्वस्त भएर लाग्न सकिरहेका छैनन । एकातिर कस्तो खालको सिस्टम र कस्तो उपकरण राख्ने भन्ने हुन्छ छ भने अर्कोतिर हाम्रो अहिलेको आवश्यकता के हो ? ग्राहकले प्रयोग गर्नसक्ने रुचीका प्रोडक्टहरु के–के हुन ? भन्ने पनि छ । यस्ता समस्याहरुलाई कम गर्दै लैजानुपर्नेमा हामीले जोड दिएका छौँ ।