अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड [पूर्णपाठ]

सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड [पूर्णपाठ]


कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आज प्रदेशसभा बैठकमा चालू आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री शाहले चालूतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।

चालूतर्फ चालू आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि भएको छ ।

मन्त्री शाहले अगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो ।

यस्तै, मन्त्री शाहले भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवका सडक निर्माण, ठूला पूर्वाधार र रुपान्तरणकारी योजनालाई अगामी वर्षमा निरन्तरता दिने गरी ५ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्