अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदघाटन भएको पाँच महिनामै बाढीले बगायो हेलम्बु प्रहरी कार्यालय

उदघाटन भएको पाँच महिनामै बाढीले बगायो हेलम्बु प्रहरी कार्यालय


हेलम्बु– उदघाटन भएको पाँच महिनामै हेलम्बु प्रहरी कार्यालय बाढीले बगाएको छ ।

अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको २ तले इलाका प्रहरी कार्यालयको भवन बगाएको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले जानकारी दिनुभयो ।

बाढी नजिक आएपछि प्रहरी र कर्मचारी भवनबाट निस्किनुभएकाले मानवीय क्षति भने भएन ।

हेलम्बुमा प्रहरीको चौकी पाँच महिनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।