बैतडी- कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोेरोना भाइरसको महामारीसँग जुध्नका लागि थप १० श्ययाको वार्ड सञ्चालनमा ल्याएको हो । यसअघि जिल्ला अस्पतालमा १८ शय्याको कोभिड वार्ड सञ्चालनमा रहेको थियो । उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले पूर्वतयारी स्वरूप कोभिड वार्ड सञ्चालनमा ल्याएका हौँ ।
अस्पताललमा अब २८ शय्याको कोभिड वार्ड सञ्चालनमा आएसँगै कोभिडका बिरामीहरुलाई सहजै उपचार गराउन सहज हुने भएको छ । बैतडीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २७ रहेको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ । कोेरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीका साउन १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिक्रिया