काठमाडौं- जापानले शनिबार टोकियोसहित सैतामा, चीबा, कनागावा, ओसाका र ओकिनावामा आपातकालको घोषणा गरेको छ । होक्काइडो, क्योतो, इशिकावा, हयोगो र फुकौका लगायतमा सङ्क्रमण नियन्त्रणमा राखिरहन सतर्कता उपाय कडाइका साथ लागू गर्ने बताइएको छ ।
समाचार संस्था एएनआईका अनुसार जापानको प्रधानमन्त्रीको कार्यालयले एक ट्वीट गर्दै टोकियोसहितका शहरमा आपातकालको घोषणा गरिएको उल्लेख गरेको छ । टोकियो महानगर सरकारले गएको चौबीस घण्टामा तीन हजार ८६५ सङ्क्रमित थपिएको जनाएको छ । जापानमा भने दश हजार ६९९ जना सङ्क्रति पुष्टि भएका छन् ।
ओलम्पिक खेलकूदका लागि टोकियो र ओकिनावामा लगाइएको आपातकाल भने अगष्ट २२ मै सकिने गरी घोषणा गरिएको थियो । तर दुबै शहरमा समेत लम्ब्याइएको छ ।
प्रतिक्रिया