अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लाल गद्दार भन्दै माधव नेपालको गृहजिल्लामा प्रदर्शन

लाल गद्दार भन्दै माधव नेपालको गृहजिल्लामा प्रदर्शन


 

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लाल गद्दार भन्दै उहाँकै गृहजिल्ला रौतहटमा प्रदर्शन भएको छ ।

शनिबार विशाल मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन भएको स्थानीय नेता चन्द्र भुषण साहले जानकारी दिनुभयो

नवगठित वामपन्थी संगठन आईटी आर्मीले माधव नेपाल लाल गद्दार रहेको भन्दै २५ हजारभन्दा बढी मोटरसाइकलसहित जनप्रदर्शन गरेको हो ।

रौतहटको १८ वटै स्थानीय तहबाट हजारौँको संख्यामा युवाहरु कम्युनिष्ट पार्टीको झण्डा तथा आईटी आर्मीको झण्डा तथा फेटा बाधेर गरुडामा भेला भएका थिए ।