अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यमन्त्रीले गरेको जागेश्वरको सरुवामा प्रधानमन्त्रीको लगाम

राज्यमन्त्रीले गरेको जागेश्वरको सरुवामा प्रधानमन्त्रीको लगाम


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीले हटाइदिएका डा जागेश्वर गौतमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीमा थमौती गर्नुभएको छ ।

राज्यमन्त्री श्रेष्ठले युनिफाइड कमाण्ड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकारी रुपमा सरुवा गरेका डा. मधु मरासिनीलाई पठाउनुभएको थियो । त्यसैगरी, सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई मन्त्रालयको महत्वपूर्ण महाशाखा समन्वय महाशाखाको प्रमुखमा ल्याउनुभएको थियो भने ११ महिनादेखि मन्त्रालयमा जगेडामा बस्दै आउनुभएककी रिता जोशीलाई डा. लालको ठाउँमा पठाइएको थियो ।

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट तानिएका प्रा.डा. जागेश्वर गौतमलाई प्रसुती गृह फर्काइएको थियो ।

प्रधानमन्त्री देउवा निकट स्रोतकाअनुसार ११ औं तहका कर्मचारीको सरुवा राज्यमन्त्रीस्तरबाट हुन नसक्ने भन्दै तत्काल निर्णय सच्चाउनका लागि राज्यमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।