अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३३८३ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु

आज ३३८३ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु


काठमाडौं– गत २४ घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका कोरोना पुष्टि भएको हो ।

थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ ।