अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साउनपछि कोरोना संक्रमितको संख्या घट्छ : स्वास्थ्य मन्त्रालय

साउनपछि कोरोना संक्रमितको संख्या घट्छ : स्वास्थ्य मन्त्रालय


काठमाडौं– नेपालमा साउनपछि कोरोना संक्रमण दर क्रमशः ओरालो लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।

साउनमा ५३ हजारभन्दा बढी संक्रमित थपिने अनुमान गरेको मन्त्रालयले त्यसपछि क्रमशः घट्दै जाने तथ्यांक पेस गरेको छ ।

नीति योजना तथा अनुमगन महाशाका प्रमुखले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उक्त संख्या मंसिरसम्म आधाले भन्दा बढी घट्ने तथ्यांक पेस गर्नुभएको हो ।

बैठकमा महाशाखा प्रमुख डा. गुणराज लोहनीले नयाँ प्रक्षेपणअनुसार मंसिरसम्म संक्रमितको संख्या साउन महिनामा २५ हजार पुग्ने तथ्यांक पेस गर्नुभएको हो ।

प्रतिवेदनअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७ र कात्तिकमा १ हजार संक्रमितको संख्या पुग्नेछ । मंसिरसम्म यो तथ्यांक अझै घटेर २५ एकसय ८३ पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले जानकारी दिएका छन् ।