अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

आज ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु


काठमाडौं– गत २४ घण्टामा देशभर ३ हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८६ र एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल ३६ हजार २८८ सक्रिय सङ्क्रमितमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप १७८४ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ ।