अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खालीपेटमा नखानुहोला यी खानेकुरा

खालीपेटमा नखानुहोला यी खानेकुरा


काठमाडौं– दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि खानुपर्छ । तर, कैयौ पटक जानकारीको अभावमा मान्छे खाजामा गलत खानेकुराको सेवन गर्ने गर्छन् । जसको कारणले पाचनसँग जोडिएको समस्य वा अन्य बिमारीहरु समेत हुन सक्छ । के खानुपर्छ बिहानको खाजामा भन्ने विषयमा भन्ने बारेमा यो लेख तयार पारिएको छ ।

चिया कफी

प्रायः मान्छे आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्ने गर्छन् । यो ठीक कुरा पनि होइनन । किनकी खाली चिया र कफीको सेवान गर्दा पेटमा ग्यास्ट्रिकको समस्या बढ्ने गर्छ । यस्तो अवस्थामा पाचनतन्त्रमा हाइड्रोक्लोरिक एसिडको स्राव बढ्न जान्छ । जसले कतिपयको पेटमा दुखाइ पनि सुरु गर्न सक्छ । त्यसैले बिहान चिया र कफीको सट्टा बिस्कुट र पाउरोटी जस्ता खानेकुराहरु लिनु जरुरी छ ।

अमिलो फल

फल स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । तर, खाली पेटमा यस्तो फल खानुले पेटमा अधिक एसिड जम्मा हुने गर्छ । फलफूलमा प्रचूर मात्रामा फाइबर र फ्रुक्टोज पाइन्छ । जसले गर्दा हाम्रो पाचनतन्त्रमा समस्या सिर्जना हुन सक्छ । यसका कारण खासगरी बिहान खाली पेटमा यस्ता अमिलो खानेकुरा खानु हुँदैन ।

काँचो तरकारी

खाली पेटमा सलाद लगायत काँचो तरकारी पनि खानु स्वास्थ्यको लागि हानिकारक छ । यसमा हुने फाइबरका कारण खाना सजिलैसँग पच्दैन । त्यसैले बिहान उठेर काँचो तरकारी खानु हुँदैन ।

केरा

खाली पेटमा केरा खाँदा पेटमा म्याग्नेसियमको मात्रा बढ्न जान्छ । जसका कारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा बढ्न जाँदा शरीरमा अनेक समस्या हुन सक्छ ।

चिसो पेय पदार्थ

खाली पेटमा चिसो पेय पदार्थ खानु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसले तपाईंको म्युकस मेम्ब्रेनलाई नोक्सानी पुर्‍याउँछ । जसका कारण दिनभर तपाईंको पाचन प्रणाली धिमा गतिमा चल्छ । यसको लागि बिहान खाली पेटमा चिसो भन्दा तातो पेय पदार्थ खानु उपयुक्त ।

गोलभेडा

गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर खाली पेटमा टमाटर खानु बढी नोक्सानदायक हुन सक्छ । टमाटरमा साइट्स एसिड पाइन्छ । जसले गर्दा पेटमा ग्यास्ट्रो इन्स्टेन्टाइल एसिडको साथ मिलेर पेटमा ग्यास्ट्रिक दुखाइको समस्या पैदा गर्न सक्छ ।

दही

दहीको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर तर बिहान खाली पेटमा दही खानु फाइदा भन्दा नोक्सानी बढी हुन्छ । यसबाट पेटमा अपचको समस्या बढ्छ । यसको लागि खाली पेट मसलेदार खाद्य पदार्थ खाने कोसिस गर्नुपर्छ ।

खालीपेटमा के-के सेवन गर्ने?

मनतातो पानीको साथमा मह

बिहानको समयमा मनतातो पानीमा एक चम्चा मह राखेर पिउनुहोस् । यो धेरै खनिज भिटामिन, फ्लेवनाइड र एन्जाइम प्रदान गर्न मद्दत दायक हुन्छ । जुन पेट सफा गर्ने एवं स्वस्थ राख्नको लागि प्रभावकारी हुन्छ । यसका अलावा यो वजन कम गर्नको लागि पनि प्रभावकारी हुन्छ ।

एलोबेरा जुस

यदि तपाईं पेटको समस्याबाट ग्रस्त हुनुहुन्छ भने वा पेटसम्बन्धी कुनै समस्या छ भने खालीपेटमा एलोबेराको जुस लिन सकिन्छ । यसबाट केवल आफ्नो पेट सफा हुन सक्छ । यसबाट कब्जियतको समस्याको समाधान समेत हुन्छ ।