अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रवेश पत्र देखाएर विद्यार्थीले पाउने भए कोरोना खोप

प्रवेश पत्र देखाएर विद्यार्थीले पाउने भए कोरोना खोप


काठमाडौं– सरकारले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउने भएको छ ।

त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरूलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लैजानु पर्ने स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।

मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ ।