अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले नियमित कक्षा सञ्चालन गर्ने

एमालेले नियमित कक्षा सञ्चालन गर्ने


काठमाडौं- नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष तथा स्कुल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्न थालिएको हो ।

विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो । बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको माक्र्सवाद भनेकै जबज रहेको बताउनुभयो ।

उहाँले जबजमा नै राजनीतिक मार्गदर्शन मात्र नभई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने मार्गदर्शनसमेत स्पष्ट रहेको भन्दै जबजकै आधारित भएर हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई अगाडि बढाएको बताउनुभयो ।

अध्यक्ष ओलीले जबजले नेपाली कम्युनिष्ट आन्दोललाई मात्र होइन सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्नेसमेत बताउनुभयो । विभागका सचिव रिजालले प्रशिक्षण पाठ्यक्रमलाई विभागका सबै सदस्यले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र रिजालले उक्त पाठ्यक्रमलाई परिस्कृत गर्ने निर्णयसमेत गरेको जानकारी दिनुभयो ।