विराटनगर– प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपालको संघीय सरकार प्रदेश संरचनासँग खुसी नरहेको बताउनुभएको छ ।
प्रदेश एकको प्रदेशसभामा सांसदहरूको उठाएको प्रश्नको दिँदै मन्त्री कार्कीले अहिले पनि केन्द्रीय सत्ता प्रदेश संरचनासँग अनुदार रहेको आरोप लगाउनुभएको हो ।
उहाँले कन्द्रीय सत्तासँग प्रदेशको लडाइँ भइरहेको बताउनुभयो । मन्त्री कार्कीले प्रदेशसभामा प्रदेश प्रहरी गठनमा संघर्ष जारी रहेको बताउनुभयो । उहाँले प्रदेश प्रहरी गठनका लागि केन्द्रीय सत्तासँग संघर्ष भइरहेको बताउनुभयो ।
मन्त्री कार्कीले प्रहरी समायोजन नभइ नयाँ प्रहरी गठन गर्न नपाइने संवैधानिक व्यवस्था रहेको र केन्द्रीय प्रहरी समायोजन नभएका कारण प्रदेश प्रहरी गठन हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया