काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।
बैठक आज बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताउनुभयो ।
केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्ने उहाँले बताउनु भयो । एमालेले यही असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ।
प्रतिक्रिया