अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले निकट उद्योगीको संगठन जेठ २ मा, साँवा अध्यक्ष, महासचिवमा सापकोटा

एमाले निकट उद्योगीको संगठन जेठ २ मा, साँवा अध्यक्ष, महासचिवमा सापकोटा


काठमाडौं- नेकपा (एमाले) सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ १० बुँदे अनुसार जेठ २ मा फर्किएको छ ।

दश बुँदे सहमति लागू गर्न विहीवार बसेको बैठकले एलपी साँवा लिम्बूलाई अध्यक्ष बनाउँदै जेठ २ अघिको संरचना क्रियाशील गराएको हो ।

जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका एलपी साँवालाई अध्यक्ष बनाइएको हो ।

वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल, डीबी बस्नेत रहनुभएको छ । त्यस्तै महासचिव भगीरथ सापकोटा चयन हुनुभएको छ भने सचिवहरुमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई रहनुभएको छ ।

संगठनको कोषाध्यक्षमा बालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन हुनुभयो । बैठकले २५१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय स्थायी समिति र १०० सदस्यीय केन्द्रीय परिषद गठन गरेको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।