अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर

राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर


तेह्रथुम – करारमा रहेका डाक्टरहरूको समायवधि सकिएपछी जनशक्ति अभाव रहेको तेह्रथुम जिल्ला अस्पतालमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानी प्रसाद खापुङलको निर्देशनमा डाक्टर थपिएका छन्।

अस्पतालका कर्मचारीहरूले करार अवधि सकिएका र केही डाक्टरहरू अध्ययन बिदामामा रहेकाले उपचारमा समस्या भएको गुनासो आएपछि राज्यमन्त्री खापुङलको निर्देशनमा  प्रदेश सरकार मार्फत थप दुई जना डाक्टर करारमा थपिएका हुन्।

कर्मचारीहरूले जिल्ला भ्रमणका क्रममा जिल्ला अस्पतालमा यसअघिका केही डाक्टरहरू अध्ययन बिदा र करार अवधि सकिएपछि एक जना डाक्टरको भरमा जिल्ला अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । अस्पतालमा डाक्टर सन्देश राई र डाक्टर दिवाकर चौधरी थपिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनुपम घिमिरेले बताउनुभयो ।

जिल्ला अस्पताल तेह्रथुमका लागि अब थप एमडी र एमडीजीपी डाक्टर व्यवस्था गर्नका लागिसमेत स्वास्थ्य मन्त्रालयका डाइरेक्टरलाई निर्देशन दिइसकिएकोले बढीमा दुई हप्ता भित्र मागअनुसारको जनशक्ति पठाउने स्वास्थ्य राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले जानकारी दिनुभयो ।