अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसरी मनाइँदै छ यमरी पुन्ही (फोटोफिचर)

यसरी मनाइँदै छ यमरी पुन्ही (फोटोफिचर)


काठमाडौं – आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र विदा दिएको छ ।

काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन्। यस दिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ । योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।