अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह (फोटोफिचर)

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह (फोटोफिचर)


जुम्ला – जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । जुम्ला प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताउनुभयो ।

‘बालबालिका र बृद्धबृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरिएको छ,’ उहाँले बताउनुभयो ।

प्रशासनले कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि भनेको छ ।