अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिकेलाई तर्साउन रेणुले किन गौर काण्डको नाम लिइन् ?

सिकेलाई तर्साउन रेणुले किन गौर काण्डको नाम लिइन् ?


मधेस राजनीतिका विष्लेषक डा.विजयप्रसाद मिश्रले सिकेलाई तर्साउन रेणुले गौर काण्डको साहारा लिनुका केही रहस्यमय उदाहरणहरु पेश गर्नुभएको छ ।

……………

कुनै बेला राजेन्द्र महतोले कैलालीमा थारुहरुलाई आन्दोलनमा उत्रिन उकास्दै लडभिडमा ज्यान गए ५० लाख रुपैयाँ दिने घोषणा गरिदिए । नेताले भनेको उक्त उत्तेजनापूणृ अभिव्यक्तिमा बहकिएर धेरै थारु युवाहरु आन्दोलनमा होमिए । जसको प्रतिकार प्रशसनले उसैगरी गर्‍यो । जसको परिणाम नेपाल प्रहरीका एसएसपी सहित ७ प्रहरी दुधे बालकलाई ज्यूँदै जलाएर मारियो । त्यही काण्डका कमाण्डरको रुपमा साँसद रेशम चौधरी अहिले जेल सजाय काटदैछन् ।

भर्खरै मात्र महतो र रेणु यादवको पार्टी बेग्लै भएको छ । तर उनै महतोको सिको सिकै झैं गरी यादवले गौरमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर हत्याकाण्ड झैं घेराहालेर मार्ने धम्की दिएकी छिन् । नेपालको राजनीतिमा एउटा शब्द वा वाक्य बोल्दा विवादमा परेर मन्त्री पद नै चट् भएका धेरै उदाहरणहरु छन् । पछिल्लो समय मन्त्री रेणुकुमारी यादवले मधेसमा गएर जनमत पार्टीका अध्यक्षलाई घेराहाली हत्या गर्न सकिने बताएर त्यस्तै स्थिति सृजना गरेकी छन् ।

भनिन्छ– रिसाएको बेला र धेरै खुसी भएको बेला कुनै निर्णय गर्नु हुँदैन । मन्त्री रेणु यादवलाई जनमत पार्टीका कार्यकर्ताहरुले मधेसमा कार्यक्रमस्थलमा जान अवरोध गरेका थिए । त्यसको बदलामा आक्रोशित भएकी यादवले सार्वजनिक भाषण मै डा. सिके राउतलाई मधेस आन्दोलनको बेला गौरमा घेरा हालेर माओवादीलाई मारेको कुरा स्मरण गर्दै त्यसरी नै घेरा हालेर हत्या गर्न सकिने बताएकी छिन् । उनको यो अभिव्यक्ति मन्त्रीले बोल्न नसुहाउने र हिंसा भड्काउने खालको छ । उपेन्द्र यादव, राजेन्द्र महतो, अमरेश सिंह लगायतले केही बर्ष अघि कैलाली गएर थारुहरुको क्षेत्रमा यस्तै अभिव्यक्ति दिंदा त्यसकै परिणाम टिकापुर घट्ना भएको भन्ने गरिन्छ । उनीहरु त्यसवेला मन्त्री थिएनन् । तर अहिले रेणु कुमारी यादव मन्त्री छन् । मन्त्रीले बोल्ने मर्यादा हुन्छ । मुखमा जे आयो त्यो बोल्ने त्यो पनि डा. सिके राउतको हत्या गर्ने चेतावनी दिने ? यसले बौद्धिक बर्ग, मानवअधिकारकर्मीहरुले रेणु यादवले नैतिकताको आधारमा मन्त्रीपदबाट राजिनामा दिनुपर्ने आवाज उठाई रहेका छन् ।

स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत यसमा एक्सन लिएर रेणु यादवलाई मन्त्री पदबाट हटाउनु पर्दछ भनिएको छ । हेरौं रेणु आफैले के गर्छिन वा उनको पार्टीले के गर्दछ । वा, प्रधानमन्त्रीबाटै कुनै एक्सन हुन्छ कि ? जे भएपनि अब नेपाली राजनीतिमा रेणुकुमारी यादवको विगतको इतिहासको फेरहिस्त फेरी छरपस्ट हुने संकेत देखिएको छ ।

मन्त्री यादवको उत्तेजनापूर्ण अभिव्यक्तिले अब जबरजस्त रुपमा गौर हत्याकाण्डको इतिहास कोट्याउने काम हुनेछ । गौर हत्या काण्ड र रेणुकुमारी यादवबीचको कनेक्सन के छ ? किन रेणुले गौर हत्याकाण्डलाई सम्झिइन् ? यसलाई अब विभिन्न कोणबाट खोतलिनेछ । यादवले दिएको अभिव्यक्तिले उनको पद रहला नरहला तर ढिसमिस हुन लागेको गौर काण्डका नयाँ पहेलीहरु भने पक्कै खुल्नेछन् ।

राजा ज्ञानेन्द्र सक्रिय राजनीतिमा हुँदा नगरपालिकाहरुमा भएको निर्वाचनमा बनाइएका मेयर हुन या जिल्ला विकास समितिमा बनाइएका सभापतिहरुको नियुक्ति राजावादीहरु कै भएको थियो । रौतहटको जिल्ला विकास समितिका सभापति हुन या गौरका मेयर दुबैलाई माओवादी यूवाहरुले गौर बजारमा अभद्र व्यवहार गरेका थिए । मेयरलाई पान पसलबाट दिउसै लखेटी लखेटी पिटेका थिए भने जिल्ला विकास समितिका सभापतिको घरमै घुसेर माओवादीहरुले अभद्र व्यवहार गरेका थिए । उनीहरु माओवादीसँग बदला लिन चाहन्थे । यसको लागि गौरमा मधेसी जनअधिकार फोरम र माओवादीको एकै पटक आमसभा हुन लागेको दिनलाई उनीहरुले सुवर्ण अवसरका रुपमा लिएका थिए । त्यतिखेर उपेन्द्र यादवको संगठन गौरमा खासै थिएन । तर माओवादीका नेताको चक्चकी थियो । फोरमले कार्यक्रम गर्न लागेकै स्थानमा माओवादीले पनि गर्न खोजेको थियो । त्यसैले फोरमलाई स्थानीय राजवादीहरुले सहयोग गरेकाले माओवादीलाई लखेटी लखेटी हत्या गरेको थियो । यो घटनालाई महत्व दिएर रेणु यादवले किन डा. सीके राउतलाई तर्साउन खोजेकी हुन् ? कतै उनी पनि राजावादी भएको र गौरका राजावादीहरुबाट कसरी उनले सहयोग लिएर गौर हत्याकाण्ड गराइन भन्ने कुराको मास्टरप्लान त उनलाई थाहा छैन ?

मन्त्री यादवको उत्तेजनापूर्ण अभिव्यक्तिले अब जबरजस्त रुपमा गौर हत्याकाण्डको इतिहास कोट्याउने काम हुनेछ । गौर हत्या काण्ड र रेणुकुमारी यादवबीचको कनेक्सन के छ ? किन रेणुले गौर हत्याकाण्डलाई सम्झिइन् ? यसलाई अब विभिन्न कोणबाट खोतलिनेछ । यादवले दिएको अभिव्यक्तिले उनको पद रहला नरहला तर ढिसमिस हुन लागेको गौर काण्डका नयाँ पहेलीहरु भने पक्कै खुल्नेछन् ।

रेणु यादवको पुरानो थलो राप्रपा हो । अर्थात पञ्चायतकाल वा त्यसपछि मधेसी जनअधिकार फोरममा प्रवेश नगरुन्जेल उनी राजासंस्था समर्थक नेताको रुपमा सप्तरीमा चिनिएकी थिइन् । वि.सं. २०६३ साल माघमा भएको मधेस आन्दोलनबाट उनी मधेसी जनअधिकार फोरमको आन्दोलनमा सरिक भएर लहानको आमसभामा सम्बोधन गर्न आएपछि राप्रपावालाहरुले उनी फोरममा गएको चाल पाएका थिए । उनी नियोजित रुपमा फोरममा गइन वा रहरले गइन त्यो खोजिकै विषय छ । तर त्यसबेला पत्रकार रामरिझन यादवले लहानबाट प्रकाशन गर्ने पूर्व साप्ताहिकमा ‘मधेस आन्दोलनमा राजावादीहरुको साथ ’भन्ने समाचारहरु प्रशस्त छापेका थिए । सप्तरीका राजावादी रेणु यादव र गौरका राजावादीहरुबीच अन्तरसम्बन्ध नहुने कुरै भएन । त्यसैले अब नयाँ तथ्यहरु फेला पर्न सक्नेछन् ।

गौरमा भएको माओवादी र फोरमको नरसंहारमा राजावादीहरुको समेत फोरमलाई साथ थियो । त्यतिखेर गौरमा के हुँदैछ भन्नेबारेमा उपेन्द्र यादवलाई भन्दा बढी रेणु यादवलाई थाहा हुन सक्छ । किनकी राजावादीहरुले माओवादीले गरेको अपमानको बदला लिन गौरमा के तानाबाना बुनेका छन् भन्ने जानकारी बच्चैदेखि बामपन्थी भएका उपेन्द्र यादवलाई भन्दा बढी भारत माइती भएकी र राजावादी पृष्ठभूमीकी रेणु यादवलाई बढी थाहा हुनु स्वभाविक थियो । त्यसैको रबाफ हिजो उनले मधेसमा देखाएकी हुन की ? ढिसमिस हुँदै गौर काण्डलाई चर्चामा ल्याएर रेणुले पत्रै नपाइ आफ्नो मन्त्री पद मात्र होइन राजनीति पनि दाउमा राखेकी छन् । गौर घटनाको पुर्नजागरण भएमा उक्त घटनासंग रेणु यादवको कनेक्सन पनि विस्तारै बाहिरिने छ । जहाँ आफूले खनेको खाल्टोमा रेणु आफैं पर्ने सम्भावना छ । मधेससँग सरोकार राख्नेहरु र विशेष गरेर नेपाल सरकारले यसमा समयमै चासो लिनुपर्ने देखिन्छ ।