अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदुरपश्चिममा भीम रावलको विरासत तोड्ने एमालेका जिल्ला अध्यक्षहरु

सुदुरपश्चिममा भीम रावलको विरासत तोड्ने एमालेका जिल्ला अध्यक्षहरु

सुदुरपश्चिममा पूर्व माओवादी,एमालेकै १० बुँदे पक्षधर र संस्थापन पक्षका नेता कार्यकर्तासँग त्रिपक्षीय समन्वय गरेर अघि बढ्नु पर्ने चुनौति छ ।


धनगढी -सुदुरपश्चिम प्रदेश नेकपा एमालेका लागि एउटा ठूलो शक्तीको अभ्यास भइरहने ठाउँ हो । यस प्रदेशका मूख्य नेता कुनै बेला भीम रावल हुनुहुन्थ्यो । पार्टी र त्यहाँको संसदीय राजनीतिमा एकछत्र पकड जमाएका पूर्व उपाधक्ष्य रावलले जसरी १० औं महाधिवेशनमा आफ्नो शक्ति गुमाउनुभयो त्यसैगरी आफ्नो पकड क्षेत्रमा पनि उहाँले वर्चश्व कायम गर्ने त होइन आफ्नै जिल्लामा पनि उहाँले समर्थन गरेका उम्मेद्वार पराजित हुनुप¥यो ।

सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्ये ८ वटाको अधिवेशन भएको छ । बझाङमा हिमपातका कारणले अधिवेशन रोकिएको छ । स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार भीम रावलको गृह जिल्ला अछामको अध्यक्षमा चन्द्र बोहोरा निर्वाचित हुनुभएको छ । युवा उमेरका बोहोरा अनेरास्ववियूको राजनीतिबाट पार्टीको मुलधारमा प्रवेश गर्नुभएको हो । पार्टी जिल्ला कमिटीको तीन कार्यकाल सदस्य भएका बोहोरा गतवर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पार्टी भित्र सृजना भएको नयाँ परिस्थितीमा एमालेको अध्यक्ष चयन हुनुभएको थियो । यसपाली कार्यकर्ताले उहाँलाई पार्टीलाई एकतावद्ध र मजवुद बनाउने जिम्मेवारी दिंदै फेरी अध्यक्षमा निर्वाचित गराइदिएका छन् । उहाँले प्रकाश शाहलाई पराजित गर्नुभएको हो ।
सुदुरपश्चिमको अर्को जिल्ला अध्यक्ष डोटीको अध्यक्ष सर्वसम्मत रुपमा चक्रबहादुर मल्ल चयन हुनुभएको छ । अघिल्लो अधिवेशनबाट नै अध्यक्ष भएका मल्ललाई यसपाली कार्यकर्ताले सर्वसम्मत रुपमा यो जिम्मेवारी दोहो¥याई दिएका छन् । नेकपा एसतिर लागेका पर्यटन मन्त्री प्रेम आलेको जिल्ला भएकोले आगामी निर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेद्वारलाई जिताउने चुनौति पनि मल्ललाई अध्यक्ष पदसँगै आइलागेको छ ।
कैलाली जिल्लाको अध्यक्षमा रतन थापा चयन हुनुभएको छ । जिल्ला उपाध्क्ष्य हुँदै अध्यक्ष दोहोरिनु भएका थापा अनुभवी नेतामा पर्नुहुन्छ । सुदुरपश्चिम प्रदेशको राजधानी जिल्ला भएकोले पनि यस जिल्लाले निर्णय र गतिविधीले सुदुरपश्चिमका ९ वटै जिल्लामा खास अर्थ राख्ने भएकोले थापाले हरेक निर्णय सोचबिचार गरेर गर्नु पर्ने देखिन्छ । थापा प्रदेश साँसद पनि हुनुुहुन्छ । दाुर्चला जिल्लाको अध्यक्ष चयन हुनुभएका प्रेम सिंह् धामी गाउँपालिकाका अध्यक्ष पनि हुनुुहुन्छ । जिल्ला कमिटी सदस्यबाट एकैचोटी अध्यषमा फड्का हानेका सिंह्लाई पार्टीमा सबै पक्षलाई मिलाएर लैजाने चुनौती छ । भारतले सिमाना मिचेको लिपुलेक र कालापानी पनि यसै जिल्ला भित्र पर्ने भएकोले ति बिषयलाई पनि राष्ट्रिय राजनीतिमा थापाले कसरी पु¥याउन सक्छन् भन्ने कुरा पनि स्थानीयबासीले चासोको साथ हेरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा एमालेको नेतृत्वमा प्रकाश सावद चयन हुनुभएको छ । पुष ५ पछिको संक्रमणकालिन अवस्थामा अध्यक्ष हुनुभएका सावदलाई नै अहिलेको जिल्ला अधिवेशनले पनि अध्यक्षको जिम्मा दिएको छ । २०५४ सालको स्थनीय तहको निर्वाचनमा सावद तत्कालिन गाविसको अध्यक्ष हनुुहुन्थ्यो ।
सुदुरपश्चिमको अर्को तराईको जिल्ला कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट चयन हुनुभएको छ । निर्वाचनबाट अध्यष हुनुभएका विष्ट लामो राजनीतिक पृष्ठभूमीका हुनुहुन्छ । जिल्ला सदस्य,उपसचिव,सचिव हुँदै अध्यक्ष हुनुभएका विष्ट अनुभवी नेता मानिनुहुन्छ । विष्ट भीमदत्त नगरपालिकाका मेयर हुनुहुन्छ । सुदुरपश्चिमको अर्को जिल्ला बैतडीका अध्यक्ष सुरेन्द्र पाल हुनुहुन्छ । यसभन्दा अघि पनि अध्यक्षको जिम्मेवारीमा रहनुभएका पाल अहिले पनि अध्यक्षमा दोहोरिनु भएको छ ।
बाजुराको अध्यक्षमा कालीबहादुर शाही चयन हुनुभएको छ । यस अघि लालबहादुर थापा केन्द्रीय सदस्य भएपछि रिक्त भएको अध्यक्ष पदमा शाहीलाई नै जिम्मेवारी दिइएको थियो । यस पटक उहाँलाई दोस्रो कार्यकालको अध्यक्षको जिम्मेवारी आएको छ । शाही जगन्नाथ गाउँपालिकाको अध्यक्ष पनि हुनुहुन्छ ।
स्थायी कमिटी सदस्य एवं सुदुरपश्चिम सहइन्चार्ज थापाका अनुसार कतिपय अनुभवी र कतिपय नयाँ अध्यक्षको हातमा एमाले सुदुरपश्चिमको नेतृत्व गएको छ । ‘उहाँहरुको मुख्य चुनौति भनेको आफ्नो जिल्लामा स्थानीय,प्रदेश र संघीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनु हो ।’

माओवादी पृष्ठभूमीका एमाले सचिव लेखराज भट्ट सुदुरपश्चिम प्रदेशका इन्चार्ज हनुुहुन्छ । अहिले निर्वाचित भएका जिल्ला अध्यक्षहरुलाई पूर्व माओवादी,एमालेकै १० बुँदे पक्षधर र संस्थापन पक्षका नेता कार्यकर्तासँग त्रिपक्षीय समन्वय गरेर अघि बढ्नु पर्ने चुनौति छ ।