अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा ४ हजार ६७६ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४ हजार ६७६ संक्रमित थपिए


काठमाडौं – काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ८४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८५८१, ललितपुरमा ९०५१ र भक्तपुरमा ५२१० सक्रिय संक्रमित छन्।

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर ८२ हजार ५५० जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।