अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु


नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका-२ निवासी ७० वर्षीया महिलाको आज बिहान  मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिनुभयो ।

उहाँका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ ।