अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित थपिए

गण्डकीमा ९३५ जना कोरोना सङ्क्रमित थपिए


गण्डकी – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार प्रदेशमा कोरोना सङ्क्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या ४०७ पुगेको छ । गत पुस १७ गतेदेखि आजसम्म उक्त सङ्ख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित बन्नुभएको र सबै होम आइसोलेसनमा रहनुभएको उहाँले जानकारी दिनुभयो ।