अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा कोभिड बढेसँगै कारागारमा प्रत्यक्ष भेटघाट बन्द

जुम्लामा कोभिड बढेसँगै कारागारमा प्रत्यक्ष भेटघाट बन्द


जुम्ला – कोरोना सङ्क्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो । कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएको बताउनुभयो ।

कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै आफन्तले भेटघाट र कुराकानी गर्न सक्ने कारागार कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय प्रशासनले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी जमघट र भेला हुनसमेत रोक लगाएको छ । जोखिम बढेसँगै कैदीबन्दीका आफन्तसँग भेटघाटमा रोक लगाइएको हो । अहिले कारागारमा १६ कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको जीउ दुख्ने लक्षण देखिएको छ । उनीहरूलाई औषधि चलाएको कारागारका अहेब महेश महतले बताउनुभयो ।

कैदीबन्दीलाई औषधि चलाए पनि कोरोना परीक्षण भने गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए । दोस्रो लहरका यहाँ १४ जना सङ्क्रमति भएका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको थियो। अहिले कारागारमा एक महिलासहित ११५ कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ ।