अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नं १ मा ५७२ सङ्क्रमित थपिए

प्रदेश नं १ मा ५७२ सङ्क्रमित थपिए


विराटनगर – प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ९७४ जनाको पिसिआर परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा सात, सङ्खुवासभा र पाँचथरमा तीनरतीन, इलाम र भोजपुरमा दुईरदुई, तेह्रथुम र खोटाङमा  एकरएक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा आठ, पथरीशनिश्चरेमा सात, कटहरी र सुन्दरहरैचामा छरछ, जहदामा चार, बूढीगङ्गा र कानेपोखरीमा तीनरतीन, रतुवामाई र मिक्लाजुङमा दुईरदुई, ग्रामथान, सुनवर्षी र स्थानीय तह नखुलेका एकरएक, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा आठ, अर्जुनधारामा सात, गौरादहमा छ, मेचीनगरमा छ, शिवसताक्षी, हल्दिबारी,  कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीनरतीन, बाहृदशीमा दुई, कचनकवलमा एकजनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा चार, बर्जुमा तीन, इनरुवा र बराहक्षेत्रमा दुईरदुई, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोसी गाउँपालिकामा एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा सात, पाख्रिबासमा दुई, छथरजोपाटीमा एक, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा एकरएक र स्थानीय तह नखुलेका दुई, सङ्खुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा एकरएकजनामा सङ्क्रमण देखिएको छ ।

पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका एकरएक, इलामको इलाम नगरपालिका र चुलाचुलीमा एकरएक, भोजपुरको हतुवागढीमा दुई, तेह्रथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा  एकरएक र प्रदेशबाहिरका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज  ३८२ महिलासहित ८४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७१७ रहेको छ ।