अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा थप २४६ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा थप २४६ जनामा कोरोना सङ्क्रमण


बैतडी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत ८८ जना तथा एन्टीजेनमार्फत १५८ जनामा कोरोना पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६१, महाकाली अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा १३ र एन्टीजेनमार्फत  कञ्चनपुरमा ७५, कैलालीमा १५, डडेल्धुरामा १५, बझाङमा आठ, बाजुरामा १६, डोटीमा पाँच, बैतडीमा १५, अछाममा पाँच र दार्चुलामा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १८८ जना कोरोनाबाट निको भएका छन् । सो अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि सोमबार सुदूरपश्चिममा ४१३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९४ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ ।