अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप ४३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु

थप ४३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ भने ९ लाख ४८ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४ जना कोरोना संक्रमित थपिएका छन् ।