अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीको मेयरमा द्वारिकलालदेखि रेवती भण्डारीसम्मको दाबी

इटहरीको मेयरमा द्वारिकलालदेखि रेवती भण्डारीसम्मको दाबी


इटहरी- राष्ट्रिय राजनीतिमा एमसीसीको बहस उर्लिएपछि स्थानीय तहको निर्वाचनको बहस करिब दुईहप्ता जति ओझेलमा पर्‍यो । तर संसदबाट एमसीसी पास भएपछि फेरि राजनीतिको लय स्थनीय तहको निर्वाचनतिरै धेकेलिएको छ । वैशाख १०, २०७९ मा हुने निर्वाचनका लागि दलहरुले आन्तरिक तयारी थालेका छन् भने आकाङ्क्षीहरुले त्यसै अनुसार आफ्नो दाबीलाई सशक्त पार्दै लगेका छन् ।

यसै क्रममा प्रदेश नं १ को मुख्य केन्द्रविन्दु इटहरी उपमहानगरपालिकाको एमले वृत्तमा चुनावको रन्को क्रमशः बढ्दै गएको छ । हालका मेयर द्वारिकलाल चौधरीको बेलाबेलाको विवादस्पद अभिव्यक्तिले चर्चामा रहेको इटहरी उपमहानगरपालिकाको मेयरको टिकट कसले पाउला भनेर अनेक अड्कलबाजीहरु सुरु गरिएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै पद जितेकोले पनि आकाङ्क्षीहरु उच्च मनोवलका साथ दाबी प्रष्तुत गरिरहेको स्थानीय एमाले नेताहरु बताउछन् । रमाइलो के छ भने अघिल्लो निर्वाचनमा मेयर र उपमेयर एमालेले जित्यो तर २० मध्ये १२ वटा वडामा हा¥यो । त्यति मात्र होइन हारेका वडाका वडा सदस्यचाहिँ एमालेले जितेर कार्यपालिकामा बहुमत आफैंसँग राख्यो । ‘स्थानीय निर्वाचनको टिकट वितरणमा विवेक नपुर्‍याउँदा यस प्रकारको निर्णय आएको हो,’ एमालेका एक स्थानीय नेता भन्छन् ‘स्थानीय निर्वाचनमा पार्टी त महत्वपूर्ण हुन्छ नै त्यसमा पनि फरक पार्टीको मत तान्न सक्ने व्यक्तित्वको उत्तिकै आवश्यकता हुन्छ ।’

इटहरीका एमालेका केही नेताहरुसँग यो बेलाले कुरा गर्दा हालसम्म ५ जना नेताहरुले मेयर पदमा दाबी गरेका छन् ।

२०७० का संविधानसभा सदस्य एवं हाल सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती भण्डारी पनि मेयरका दाबेदार हुनुहुन्छ । तर भण्डारी आफूले मुख नखोलेर समर्थकहरुलाई मेयर भन्न लगाएर माहौल सृजना गरिरहेको स्थानीय नेताहरु बताउँछन् । उहाँ इटहरीको पूर्वउपमेयर पनि हुनुहुन्छ ।

हालका मेयर द्वारिकलाल चौधरीले दोहोरिने इच्छा व्यक्त गर्नुभएको छ । विगतमा विवास्पद अभिव्यक्ति सुधार्ने प्रतिबद्धता सहित उहाँले नेताहरुसँगको सम्बन्ध पनि सुधारको प्रयासमा हुनुुहुन्छ । आफू निर्वाचित भएर आएपछि मिडियासँग केही अन्तरविरोध भए पनि जनतासँग झन् सुमधुर सम्बन्ध गाँसिएकोले आफ्नो दाबी अझै सशक्त भएको उहाँको भनाइ छ ।

यस्तै उपमेयर लक्ष्मी गौतम मेयर पदकी अर्की आकाङ्क्षी हुनुहुन्छ । पार्र्टी कन्द्रीय सदस्य एवं सुनसरी जिल्लाकी सहइन्चार्ज भएकोले पनि आफू बराबरको राजनीतिक उचाइ भएको अर्को व्यक्ति नभएको उहाँको दाबी छ । त्यति मात्र होइन उपमेयर भएका बेला आम नगरवासीको भलाइका लागि कयौं काम गरेको, कोरोना कहरमा जंगल जंगल डुलेर गुर्जोका लहरा घरघरै बाँड्दै हिडेकोले पनि आफूलाई पार्टी भित्रका मात्र होइन बाहिरका मतदाताले पनि रुचाउने उहाँको दाबी छ ।

यस्तै अर्का दाबेदार हुनुहुन्छ याम कुमार सुब्बा । एमाले इटहरी उपमहानगर अध्यक्षको रुपमा ४ कार्यकाल देखि निरन्तर नेतृत्व गरिरहेका सुब्बा इटहरीको पार्टी नै आफ्नै नेतृत्वमा बलियो भएकोले त्यसको प्रतिफल आफूले पाउनु पर्ने पक्षमा हुनुहुन्छ । जनजाति समुदायको सघन बसोबास भएको इटहरीमा जातीय हिसाबले पनि आफ्नो दाबी बलियो हुने सुब्बाको तर्क छ ।

अर्का दाबेदार हुनुहुन्छ । रामप्रसाद चौलागाई । प्रदेश कमिटी सदस्य चौलागाईंलाई कुनै बेला मेयर चौधरीले तथानाम गाली गरेर चर्चित बनाइदिनुभएको थियो । उहाँहरुको त्यतीबेलाको दुस्मनी अहिले गहिरो मित्रतामा बदलिएको स्थानीयबासी बताउँछन् । अघिल्लो निर्वाचनमा पनि आफू दाबेदार भएकोले यस पटकचाहिँ मेयरको टिकट पाउनै पर्ने चौलागाईंको दाबी छ ।