काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेसले खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो । कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलो जस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’
गठबन्धनसँगै नेपाली कांग्रेस पनि सकिने अध्यक्ष ओलीले दाबी गर्नुभयो ।







प्रतिक्रिया