अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५७० स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार विजयी

५७० स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार विजयी


काठमाडौं – निर्वाचन आयोगले हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भएको जनाएको छ ।

आज आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५७० स्थानीय तहको मतगणना सकिएको जानकारी दिनु भयो ।

हालसम्म प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६ वडाध्यक्षमा ५ हजार ६५९ महिला सदस्य ५ हजार ६५३ दलित महिला सदस्य ५ हजार ६५६ जना  र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।