अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उर्लाबारीमा एमालेले फर्कायो आफ्नो बिरासत

उर्लाबारीमा एमालेले फर्कायो आफ्नो बिरासत


उर्लाबारी- उर्लाबारी नगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयरसहित बहुमत विजयी भएका छन् ।

मेयरमा गंगा खरेल, उपमेयरमा मिना खतिवडा, ९ मध्ये ५ जना वडाध्यक्षसहित बहुमत पदाधिकारी विजयी भएका छन् ।

गत चुनावमा एमालेको बलियो जनाधार हुँदाहुँदै पनि कांग्रेसका खड्ग फागो मेयर निर्वाचित भएका थिए ।

खासगरी कोरोना महामारी सहित पटक पटक फागो चर्चामा रहँदै आएका थिए ।

गएको चुनावमा बलियो जनाधारबीच पनि पराजित भएको एमाले यसपटक एकढिक्का भएर मैदानमा उत्रिएको थियो ।

एमालेबाट निर्वाचित खरेल भने ॐ शान्ति अभियानमा सक्रिय व्यक्तित्व हुनुहुन्छ ।