अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको फाकफोकथुममा एमाले विजयी

इलामको फाकफोकथुममा एमाले विजयी


इलाम – इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी हुनुभएको छ।

नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार  हजार ८२१ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्ष पदमा पनि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार केबी बान्तावालाई पराजित गर्दै एमालेकी उम्मेदवार कल्पना राई विजयी हुनुभयो । राईले पाँच हजार १५८ मत प्राप्त गर्दा बान्तावाले चार हजार १७४ मत प्राप्त गर्नुभएको थियो ।

योसँगै जिल्लाका नौ पालिकाहरुको अन्तिम नतिजा आइसकेको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको भने अझै मतगणना सम्पन्न भइसकेको छैन ।