अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६४ मत गायब पारेर कांग्रेस उम्मेदवारलाई विजयी घोषणा गरेपछि एमालेको उजुरी

६४ मत गायब पारेर कांग्रेस उम्मेदवारलाई विजयी घोषणा गरेपछि एमालेको उजुरी


काठमाडौँ – काठमाडौँ महानगरपालिकामै ६४ मत गायब पारेर कांग्रेस उम्मेदवारलाई विजयी घोषणा गरेपछि एमालेको उजुरी परेको छ ।

काठमाडौं महानगरपालिकाको वडा-२९ को मत गणनामाका क्रममा निर्वाचन अधिकृतले ६४ मत गायब पारेर कांग्रेस उम्मेदवार विजयी भएको घोषणा गरेपछि नेकपा एमालेले उजुरी दिँदै न्यायका लागि अपिल गरेको छ ।

मतदान अधिकृतले नेपाली कांग्रेसका कुश ढकाललाई वडाध्यक्षमा विजयी घोषणा गरेका छन् । उहाँले ६४ मत गायब बनाएर ढकाललाइ ५० मतको अन्तरमा विजयी घोषणा गरेको हो ।

एमालेका काठमाडौं महानगरका सचिव राजिव शाक्यले कूल मत ५ हजार ८ खसेको तर गणनामा ४ हजार ९४४ मात्र देखाएर ६४ मत गायब पारेर ५० मतले कांग्रेस उम्मेदवार विजयी गराएको बताउनु भयो ।

ढकालले १ हजार ९२१ मत ल्याएको घोषणा भएको थियो । यो मत एमालेका वडाध्यक्षका उम्मेदवार शिवराम राजबंशीको भन्दा ५० मत बढी हो। राजवंशीले १८७१ मत पाएका छन्।