अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


बुटवल – रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमाले विजयी भएको छ।

अध्यक्षमा सुरेन्द्र पौडेल ५६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनु भएकफ हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३८८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी हुनु भएको छ । जैसवालले ४७५७ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४६५१ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको वडाध्यक्षहरुमा १ मा एमालेका प्रदिप कुमार चौधरी, २ मा जनमत पार्टीका सराजुद्वीन धुनिया, ३ मा स्वतन्त्र उम्मेदवार राम अजोर यादव, ४ मा कांग्रेसका सुरेन्द्र सिंह कुर्मी, ५ मा कांग्रेसकै विजय कुमार शर्मा, ६ मा कांग्रेसका राजकुमार लोध, ७ मा जनमत पार्टीका लालबहादुर केवट, ८ मा एमालेका भुवनबहादुर राना मगर र ९ मा एमालेकै मीना क्षेत्री विजयी भएका छन् ।

यो गाउँपालिकामा अघिल्लो चुनावमा संघीय समाजवादी पार्टी (हाल जसपा) विजयी भएको थियो।