अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक सुरु

एमालेको सचिवालय बैठक सुरु


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले आजको बैठकको एजेण्डा तय गरेको थियो ।