अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको भेटवार्ता

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको भेटवार्ता


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा हुनुहुन्छ । उहाँले भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटलाई जारी राख्नु भएको छ ।

शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग पनि भेटवार्ता गर्नु भएको छ ।

उहाँले यही मंगलबार अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडीसँग भेट गरिसक्नु भएको छ ।  

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शर्माले दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उपसहायक सचिव लिन्डसे डब्लू फोर्डसँग पनि संवाद गरेका छन्।