अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख सापकोटा आज स्वदेश फर्कँदै

सभामुख सापकोटा आज स्वदेश फर्कँदै


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो ।

सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७:१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटासहितको टोली यही असार १४ गते बाकु प्रस्थान गरेको थियो । सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।