अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक संकटमा गुज्रिएको श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री राजिनामा दिन सहमत

आर्थिक संकटमा गुज्रिएको श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री राजिनामा दिन सहमत


काठमाडौ- श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएका हुन् ।

उनी जुलाई १३ मा राजीनामा दिन सहमत भएको सभामुख महिन्दा यापा अभयवर्धनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका छन् । शनिबार बेलुकी आकस्मिक बैठक बोलाएर उनले जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएका हुन् ।

शनिबार हजारौँको सहभागीमा भएको प्रदशर्नले राष्ट्रपतिको निवास कब्जामा लिएको थियो ।