काठमाडौं – अभिनेता-ज्योतिष हरिहर अधिकारी रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रवेश गर्ने भएका छन् ।
हिजो बसुन्धरास्थित पार्टीको कार्यालयमा नै पुगेर हरिहर र उहाँकी पत्नी नीता ढुंगानाले रविसँग लामो कुराकानी गरेका थिए । कुराकानीमा रविले हरिहरलाई आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्न प्रस्ताव गरेको एक स्रोतले बतायो ।
‘अब राजनीतिमा युवाहरु नै अगाडि बढ्ने हो, तपाईंलाई हाम्रो पार्टीका तर्फबाट चुनावमा सहभागी हुन अनुरोध गर्दछु,’ रविको आग्रहलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
हरिहरको स्थायी घर दाङ हो । यसअर्थमा, अधिकारी अहिले काठमाडौंका मतदाता हुन् । हरिहरले चाहेमा उनलाई काठमाडौं वा दाङबाट टिकट दिन रवि तयार रहेको स्रोतले बतायो । यसमा हरिहरले सोचेर निर्णय लिने बताएका छन् ।
स्वतन्त्र पार्टीमा आवद्ध हुन भने हरिहर सहमत भइसकेको स्रोतको भनाइ छ । उनी सक्रियरुपमा नै पार्टीमा लाग्ने र नीताले चाहिँ समर्थकको रुपमा मात्रै सो पार्टीलाई साथ दिने समझदारी भएको बुझिएको छ ।







प्रतिक्रिया