अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरू

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरू


विराटनगर – प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु भएको छ । सो बैठकमा प्रदेशको नाम टुंगो लगाउने विषयमा छलफल हुँदैछ ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । तर आजको मितिसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् ।

नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।