अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नर्भिक अस्पतालको संरचना भत्काउन प्रहरी र महानगरका टोलीसहित मेयर बालेन थापाथलीमा  

नर्भिक अस्पतालको संरचना भत्काउन प्रहरी र महानगरका टोलीसहित मेयर बालेन थापाथलीमा  


काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन्द्र साह आफैं थापाथली पुग्नु भएको छ।

सोमबार दिउँसो २४ घन्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सापास बनेका संरचना भत्काउन प्रहरी र महानगरका टोली लिएर मेयर बालेन आफैं पुग्नु भएको हो ।

नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसँग भएका सम्झौताविपरित र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिनु भयो ।

तर, नर्भिक अस्पतालले भने तत्काल संरचना हटाउन नसक्ने बताएको छ।