अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा त्रिशुलीमा ट्रक खस्यो,चालक सहचालकको अवस्था अज्ञात

चितवनमा त्रिशुलीमा ट्रक खस्यो,चालक सहचालकको अवस्था अज्ञात


काठमाडौ -पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो ।
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्ण रूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ।