अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) को नेपाल प्रतिनिधिमा योङ्ग होङ्ग

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) को नेपाल प्रतिनिधिमा योङ्ग होङ्ग


काठमाडौं– परराष्ट्र मन्त्री डा. नारायण खड्काले आज संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)को नेपाल कार्यालयका लागि नयाँ प्रतिनिधि योङ्ग होङ्गको ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित ओहोदाको प्रमाणपत्र ग्रहण समारोहमा मन्त्री खड्का र नेपाल प्रतिनिधि होङ्गले नेपाल सरकार र यूएनएफपिएवीच ५० बर्षदेखि स्थापित सम्बन्धको महत्वबारे चर्चा गर्नुभयो । उहाँहरूले महामारी तथा युद्धका कारण सबैभन्दा धेरै प्रभावित भएका महिला तथा किशोरीहरूलाई राष्ट्रिय विकासमा पूर्णतः सहभागि गराउन सशक्तिकरणका लागि बलियो साझेदारीमा जोड दिनुभयो ।

परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, ‘‘कोभिड १९ को महामारी र जारी युद्धले विश्वब्यापीरुपमा असमानता र गरिबीलाई बढाईदिएको छ । यसले सबै नागरिकहरु, विशेष गरी महिला तथा किशोरीहरू लगायत जोखिममा परेका समूहहरूको गुणस्तरिय सेवामा पहुँच बढाउन यूएनएफपिए जस्ता साझेदार संस्थाहरूसँगको रणनैतिक समन्वय र सहकार्यको आवस्यकता औंल्याएको छ ।’’

नेपाल प्रतिनिधि होङ्गले यूएनएफपिएको म्यान्डेटप्रति नेपालको बलियो समर्थन र सन् २०१९ मा अयाजित नैरोबी ग्लोबल समिटमा जनसंख्या र विकाससम्बन्धि अन्तराष्ट्रिय सम्मेलन ९क्ष्ऋएम्० को भिजनप्रति नेपाल सरकारले दोहो¥याएर ब्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गर्नुभयो । उहाँले देशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने प्रतिबद्धता दोहो¥याउनुभयो । नेपाल प्रतिनिधि होङ्गले दिगो विकासका लक्ष्य तथा आईसीपीडी ९क्ष्ऋएम्० को केन्द्रमा रहेको ‘तीन शून्य’ (परिवार नियोजनका साधनहरूको पुरा हुन नसकेका (अपरिपूर्त) माग शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युको अवस्था शून्यमा झार्ने, र लैङ्गिक हिंसा र बालविवाह जस्ता हानिकारक अभ्यासहरू शून्यमा झार्ने) परिणाम हासिल गर्नका लागि दृढ संकल्प ब्यक्त गर्नुभयो।

“यूएनएफपिएले रुपान्तरणकारी ‘तीन शून्य’को उपलब्धि हाँसिल गर्न विश्वब्यापीरुपमा महत्वकांक्षी लक्ष्य तय गरेको छ, र यी लक्ष्य नेपालका लागि हाम्रो प्राथमिकता हुन् । नेपालमा हामी यी लक्ष्यहरूप्रति दृढतापूर्वक प्रतिबद्ध छौं, र महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र समाजमा सक्रिय भूमिका निर्वाह गर्न हानीनोक्सानी रहितको जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न हामी काम गर्नेछौं । नेपाल सरकारसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन हामी तत्पर छौं,” नेपाल प्रतिनिधि होङ्गले भन्नुभयो ।

होङ्गले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हाल्नुभएको हो । अन्तर्राष्ट्रिय विकासमा १६ बर्षभन्दा धेरै अनुभव संगाल्नुभएका होङ्ग दक्षिण कोरियाको नागरिक हुनुहुन्छ । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नु अघि उहाँ मलावीको यूएनएफपिए प्रतिनिधि, र त्यसअघि मोजाम्वीकमा डेपुटी प्रतिनिधि हुनुहुन्थ्यो ।