अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीले गर्‍यो अनलाइन पत्रकारिता तालिम

प्रेस चौतारीले गर्‍यो अनलाइन पत्रकारिता तालिम


भोजपुर – प्रेस चौतारी नेपालको आयोजनामा दुई दिने अनलाइन पत्रकारिता तालिम सञ्चालन गरिएको छ।

प्रेस चौतारी प्रदेश १ को सहजीकरण तथा प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरको आयोजनामा तालिम प्रदान गरिएको हो ।

तालिममा जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्दै ४३ जना सहभागी रहेको जिल्ला अध्यक्ष मोहन दुरालले बताउनु भयो।

तालिममा प्रेस चौतारी प्रदेश अध्यक्ष अविजल विष्ट, नेपाल पत्रकार महासंघ प्रदेश सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपाल पूर्वसंस्थापक उपाध्यक्ष यज्ञ शर्माले गरेका छन् ।

तालिमको उद्घाटन समारोहमा नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मकर खड्का, प्रदेश कमिटी सदस्य गणेश श्रेष्ठ, पत्रकार सम्बद्ध विभिन्न संघस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Skip This