अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले टीआरसी विधेयक द्वन्द्वपीडितलाई थप पीडा दिने गरी ल्यायो : खगराज अधिकारी

सरकारले टीआरसी विधेयक द्वन्द्वपीडितलाई थप पीडा दिने गरी ल्यायो : खगराज अधिकारी


काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताउनु भएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूमाथि पीडा थप्नेगरी सरकारले टीआरसीसम्बन्धी विधेयक ल्याएको भन्दै यसमा आफूहरुको असहमति रहेको बताउनु भएको हो।

‘द्वन्द्वकालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन हुँदैन’, सांसद अधिकारीले भन्नुभयो ।

सर्वोच्च अदालतको निर्णय, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी प्रतिबद्धताहरूलाई ख्याल गर्न अधिकारीले जोड दिनुभयो ।

Skip This