अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक संकट पार लाउन साउदीले पाकिस्तानलाई १ अर्व डलर सहयोग गर्ने

आर्थिक संकट पार लाउन साउदीले पाकिस्तानलाई १ अर्व डलर सहयोग गर्ने


काठमाडौ- साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । साउदी अरबको विदेश मन्त्रालयले ट्वीटर मार्फत यो घोषणा गरेको हो । साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानको खस्कँदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्वीटरमा उल्लेख गरेको छ । यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएको बताइएको छ ।

Skip This