रौतहट – रौतहटको गरुडा नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । त्यस्तै चट्याङ लागेर ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मलाही गाउका ३९ वर्षकी सुदमिया देवी, उनको छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय १८ वर्षीया छोरी मनिषा कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
घाइते सबैको गरुडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी गौरका प्रवक्ता डीएसपी सुनिल मल्लले चट्याङ लागेर तीन जनाको मृत्यु भएको जनाए ।
प्रतिक्रिया