अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्र जबरासँग बयान लिन सुरु

चोलेन्द्र जबरासँग बयान लिन सुरु


काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर पौन १ बजे मात्रै जबराको बयान सुरु भएको हो।

समितिको बैठकमा बयान दिन चोलेन्द्र १० बजेर ५५ मिनेटमै सिंहदरबार पुग्नुभएको थियो ।

मापदण्ड बनाउन जुटेका सांसदहरु जबरासँग बयान लिने बैठकमा पत्रकारहरुलाई छिर्न दिने नदिने विषयमा पनि विभाजित भएका थिए।

एमालेका सांसदहरुले छिर्न दिनुपर्छ भनेका थिए भने कांग्रेसका सांसदहरु भने पत्रकारलाई छिर्न नदिइ जबराको बयान लिनुपर्ने तर्क गरेका थिए। तर पत्रकारहरुलाई छिर्न निषेध गरेर जबराको बयान भइरहेको छ। बैठकको सुरुको फोटो र भिडिओ कैद गर्न दिएपछि पत्रकरहरुलाई बैठकस्थलबाट निकालेर बयान लिन थालिएको हो।

महाभियोग सिफारिस समिति ११ सदस्यीय छ। जसमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित छन्।

कांग्रेसबाट समितिमा रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ छन्। नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।

Skip This